Friday 26th April 2024

आमाले नै छोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गराउन खोजेपछि


जितेन्द्रनारायण ठाकुर- आमाले आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोजेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई बन्धक बनाई जबरजस्ती करणी गराउन खोजेको कुरा बाहिर आएको छ।पूर्व पतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले आफ्ना केटा साथीसँग कोठामा थुनेर जबरजस्ती यौनसम्बन्ध राख्न लगाएकी थिइन् । पौडेलका एक छोराले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएकी छन् ।

पीडित युवतीले आमा पौडेल, सुनसरीको इनरुवा  ९ बवियाका अजय साहु र विराटनगर १० शान्ती टोलका सुरज रायविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी मोरङले छानबिनपछि तीनैजनाविरुद्ध जिल्ला अदालत मोरङमा शारीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा अदालतले कोरोनाको कारण देखाउँदै पौडेल र अजयलाई १/१ लाख र सुरजलाई ५० हजार धरौटीमा छाडेको छ । उक्त मुद्दामा पौडेललाई जोगाउन अहिलेयहाँका केही राजनीतिक दलका अगुवा नेताहरु लगिपरेको पीडितले गुनासो पोखेकी छन् ।

कसरी भयो घट्ना ?

सुनसरीको भण्टाबारी माइती भएकी मन्जु पौडेलको तरहराका एक युवकसँग विवाह भएको र एक छोरी पनि जन्मेकी थिइन् । आमा ताराले भण्टाबारीमा सन्चालन गर्दै आएको मदिरा होटेलमा बस्दै आएकी पौडेलको कोशी परियोजनाका ठेक्केदार भारतको विरपुरका बब्लु भगतसँग प्रेम बस्यो । उक्त प्रेम १५ वर्षअघि विवाहमा परिणत भएर ४ छोरा र १ छोरी पनि जन्मिए। तरहरामा जन्मेकी छोरीलाई बुवासँगै छोडेर पौडेलले भगतसँग विवाह गरेपनि छोरीसँग भेटघाट हुँदै आएको थियो ।भगतसँग प्रेममा बस्दा एक सन्तान जन्मेपछि भगतले पौडेललाई कानुनीरुपमा श्रीमती स्वीकार गरेका थिए।  ठेक्केदार भगतले पौडेलको नाममा विराटनगर १० मा घरजग्गाका साथै अन्य ठाउँमा पनि १० करोड बढीको सम्पति जोडिदिएका छन् । भगतले सासू-आमा ताराको नाममा पनि सुनसरीमा जग्गा खरिद गरिदिएका हुन् ।

भगत काम विशेषले घर बाहिर भएका बेला मन्जुले केटा साथीहरुलाई घरमा बोलाएर जाड रक्सी खुवाउने र पार्टी गर्दै आएकी थिइन् । जसमध्ये केही केटा साथीसँग उनले यौन सम्बन्ध पनि कायम राखेको विषय टोलछिमेकमा फैलिएको थियो । त्यसपछि भगतले यी यस्ता कार्य नगर्न सम्झाउँदा ती केटासँग पोइल गएको समेत कुरा बाहिर आएको थियो। तर पौडेलका परिवारजनका साथै भगतले ५ छोराछोरीको मायाले पौडेललाई खोजेर ल्याइ घरमा राखेको परिवारजनले बताए ।

घरमा बस्दै आएकी पौडेलको पछिल्लो समय अजय र सुरजसँग सम्बन्ध गाँसिएको थियो । भगतले अजय र सुरजसँगको सम्बन्धको बारेमा जानकारी पाएपछि समस्या हुने डरले पौडेलले पूर्वपतिसँग भएको छोरीको विवाह अजयसँग गराइदिने प्रस्ताव राखिन् । तर छोरीले नमानेपछि अपहरण गरेर बन्धक बनाई जबरजस्ती अजयसँग यौनसम्बन्ध कायम गराउने षडयन्त्र रचेको पीडित परिवारले सुनाए ।

तरहराबाट छोरी आमालाई विराटनगर भेट्न आएको बेला पौडेल, अजय र सुरजले पार्टी आयोजना गरेरसँगै जाड रक्सी खाएका थिए । रक्सीको मात लागेपछि पौडेलले छोरी र अजयलाई कोठामा थुनेर बाहिरबाट ताल्चा लगाइदिइन् । पीडित युवतीले रोईकराई गरेको सुनेर भगत पक्षका पौडेलकै एक छोराले कोठाको ताल्चा खोलेर उद्धार गरेका थिए । उक्त घटनाको बारेमा भगतलाई समेत जानकारी भयो । त्यसपछि पीडित युवतीले सौतेनी बुवाको सहयोगमा जिल्ला प्रहरी मोरङमा उजुरी दर्ता गराएकी थिइन् । छोरीमाथि जबरजस्ती करणीको प्रयास असफल भएपछि पौडेल एक्कासी त्यही दिन श्रीएयरलाइन्सको विमानबाट काठमाडौं फरार भइन्।

सुरुमा कसैलाई भनेपछि कहिले आउन नदिने, ज्यान मार्ने धम्की दिने र अघिका भिडियो सार्वजनिक गरिदिने भन्दै धम्काएकी थिइन्। पौडेलले छोरीलाई घरमा छोडेर  भागेपछि छोरीले छिमेकीलाई सुनाएपछि आमाको कतुर्त बाहिर आएको हो । विभिन्न प्रकारले मुद्दा कमजोर गराउन राजनीतिक दलका नेताहरु लगाएको भन्दै प्रमाण नष्ट गर्न लागेकाले कतै न्याय नपाइने हो कि भन्ने चिन्तामा पीडित युवती छिन्।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...