Wednesday 13th May 2026

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल


तितोपाटी- नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई ३ हजार २७ मतले पराजित गरेका हुन्।

पोखरेलले ६ हजार ९४२ मत पाउँदा शर्माले ३ हजार ९१५ मत प्राप्त गरिन्। त्यस्तै, अध्यक्षका अर्का उम्मेद्वार गजेन्द्र सिंह बुढाथोकीले ४ सय ९१ मल ल्याए भने राम प्रसाद दाहालले १५६ मत प्राप्त गरे।

महासंघको चुनावमा पोखरेलको उम्मेद्वारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारीसहित ११ संगठनको तर्फबाट रहेको थियो। अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेद्वारी थियो।

नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन्। शनिवार विजय जुलुस मनाउँदै पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताएका हुन्। यस्तै, श्रमजीवी पत्रकारहरुको हकहितका मुद्दाहरुलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहिँ कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए।

यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष (महिला)मा बाला अधिकारी, उपाध्यक्ष (समावेशी)मा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्। त्यस्तै, सचिव (खुल्ला)मा गोबिन्द प्रसाद चौलागाईँ, सचिव महिलामा सृजना अर्याल, सचिव (आदीवासी जनजाती)मा नारायण सुन्दर किलम्बु, सचिव (मधेसी)मा दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक, सचिव (एसोसियट)मा पवन आचार्य र कोषाध्यमा कलेन्द्र सेजुवाल विजयी भएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...