Monday 12th January 2026

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल


तितोपाटी- नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई ३ हजार २७ मतले पराजित गरेका हुन्।

पोखरेलले ६ हजार ९४२ मत पाउँदा शर्माले ३ हजार ९१५ मत प्राप्त गरिन्। त्यस्तै, अध्यक्षका अर्का उम्मेद्वार गजेन्द्र सिंह बुढाथोकीले ४ सय ९१ मल ल्याए भने राम प्रसाद दाहालले १५६ मत प्राप्त गरे।

महासंघको चुनावमा पोखरेलको उम्मेद्वारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारीसहित ११ संगठनको तर्फबाट रहेको थियो। अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेद्वारी थियो।

नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन्। शनिवार विजय जुलुस मनाउँदै पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताएका हुन्। यस्तै, श्रमजीवी पत्रकारहरुको हकहितका मुद्दाहरुलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहिँ कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए।

यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष (महिला)मा बाला अधिकारी, उपाध्यक्ष (समावेशी)मा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्। त्यस्तै, सचिव (खुल्ला)मा गोबिन्द प्रसाद चौलागाईँ, सचिव महिलामा सृजना अर्याल, सचिव (आदीवासी जनजाती)मा नारायण सुन्दर किलम्बु, सचिव (मधेसी)मा दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक, सचिव (एसोसियट)मा पवन आचार्य र कोषाध्यमा कलेन्द्र सेजुवाल विजयी भएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...