Thursday 19th March 2026

कुवेतमा हाल सम्म सात लाख भन्दा बढिले कोरोनाविरूद्धको खोप लगाए


तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन

७ लाख ६ हजार भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एमओएच लाई) लाई उद्धृत गर्दै विहिबार स्थानीय सञ्चारमाध्यम अरबटाइम्सले जनाएको छ ।

अहिले कुवेतमा दैनिकरूपमा झण्डै २१ हजार जनाले खोप लगाइरहेका छन। खोप लगाएकाहरूमध्ये कुवेती नागरिक र आप्रवासी नागरिक रहेका छन। कुवेतले कोरोनाविरुद्धको खोप आप्रवासीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा खोप लगाउने दिन एकिन गरी म्यासेज दिएर खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । खोपपछि तीव्ररुपमा फैलिएको कोराना भाइरसको संक्रमण नियन्त्रण सहज हुने कुवेत सरकारका अधिकारीहरुले बताएका छन् ।

कुवेत स्वास्थ्य मन्त्रालयको अनुसार रमादानको अन्तिम महीना सम्म झण्डै ६० प्रतिशतले खोप लगाई सक्ने र २०२१ को अन्तिम सम्ममा कुवेतवासी सबैले खोप लगाईसक्ने बताएको छ।

यसैबीच कुवेतमा हिजो विहिबारको दिन कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १३७९ रहेको र विहिबारसम्म (कुल २ लाख ४२ हजार ८४८ व्यक्तिमा सङ्क्रमण देखिएको छ। भने हाल १४ हजार २०५ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

कुवेतमा अहिलेसम्म २ लाख ४२ हजार ८४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भए संगै यसमध्ये २ लाख २७ हजार २६० जना उपचारपछि निको भई घर फर्किएका छन् र हाल सम्म १ हजार ३८३ जनाको सङ्क्रमित बाट मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...