Saturday 31st October 2026

भारतमा पहिलो पटक एकै दिन १ लाख भन्दा बढिमा कोरोना संक्रमण देखियो, सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा लकडाउन


तीतोपाटी – भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।

भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।

भारतभर एकैदिन देखिएका कोरोना संक्रमित मध्ये महाराष्ट्र राज्यमा मात्रै ५० प्रतिशत भन्दा बढि संक्रमित भेटिएपछि त्यहाँ सोमवारदेखि कडा प्रतिबन्धात्मक नियमहरू लागु गरिएको छ । महाराष्ट्रमा रातिको समयमा कर्फ्यू लगाइने भएको छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ । महारष्ट्रमा सोमबार राति ८ बजेबाट भोलिपल्ट बिहान ७ बजे सम्म कर्फ्यू लगाइने भएको छ भने सप्ताहन्तमा शुक्रबार राति ८ बजेदेखि सोमबार बिहान ७ बजे सम्मको लागि लकडाउन गरिने भएको छ भने अहिले प्रतिबन्धात्मक व्यवस्था अप्रैल ३० तारिक सम्म रहने जनाइएको छ । लकडाउनको समयमा अत्यावस्यक सेवा बाहेक अन्य सेवा बन्द रहनेछन् ।

मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ। त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएको छ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...