Sunday 28th December 2025

गन्तब्य मुलुकहरुमा कोरोनाको त्रास बढ्दो


तितोपाटी- नेपाली कामदार कार्यारत विभिन्न मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको छ । साउदी अरब र युएईमा पछिल्लो दिनहरुमा संक्रमितहरु बढेका छन् ।

बुधबारसम्म साउदी अरबमा ३ लाख ८६ हजार तीन सय संक्रमित देखिएका छन् । युएईमा ४ लाख ४६ हजार ५ सय ९४ संक्रमित पुगेका छन् भने कुवेतमा २ लाख २१ हजार ७ सय ४३ जना संक्रमित देखिएका छन् ।

कतारमा संक्रमितहरुको संख्या १ लाख ७५ हजार ३ सय ३२ पुग्दा ओमानमा पनि १ लाख ५३ हजार १ स य५ जना संक्रमित देखिएका छन् । बहराइनमा पनि १ लाख ३७ हजार ५ सय ५० जना संक्रमित रहेका छन् । कुवतले रात्रीकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।

कोभिड १९ का कारण हालसम्म साउदी अरेवियामा ६ हजार ६ सय १८, युएईमा १ हजार ४ सय ५१ र कतारमा २ सय ७५ जनाको मृत्यु भएको छ ।नेपाली कामदारको बैदेशिक रोजगारको प्रमुख गन्तब्य खाडी मुलुक नै हो । –मध्यान्ह न्युजबाट


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...