Thursday 9th April 2026

गजल-गोमा कुमाल


पहिले रुखमा चढाउँछन् पछि झार्ने गर्छन्
धोका दिनलाई मान्छे दिल हार्ने गर्छन्

गोरेटोमा माया गर्दै मख्ख पार्ने ले नै
भोलि दोबाटोमै अलपत्र पार्ने गर्छन्

ईश्वर साक्षी राखी खाएका ती कसमहरु
बैगुनीले निमेषमा नै अन्तै सार्ने गर्छन्

बिश्वास र भरोसाको त रहेन जमाना
नखाएकै बिषले जिउँदै मार्ने गर्छन्

-गोमा कुमाल
माथागढी २ पाल्पा, लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...