पहिले रुखमा चढाउँछन् पछि झार्ने गर्छन्
धोका दिनलाई मान्छे दिल हार्ने गर्छन्
गोरेटोमा माया गर्दै मख्ख पार्ने ले नै
भोलि दोबाटोमै अलपत्र पार्ने गर्छन्
ईश्वर साक्षी राखी खाएका ती कसमहरु
बैगुनीले निमेषमा नै अन्तै सार्ने गर्छन्
बिश्वास र भरोसाको त रहेन जमाना
नखाएकै बिषले जिउँदै मार्ने गर्छन्
-गोमा कुमाल
माथागढी २ पाल्पा, लुम्बिनी प्रदेश