Sunday 28th December 2025

कुवेतबाट कलेजो पीडितलाई अर्थिक सहयोग


तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको हो ।

खोटाङ जिल्लाका १६ महिने बालक हाल काठमान्डौको बसुन्धरा स्थित रहेको इशान बाल तथा महिला अस्पताल प्रालिमा उपचार्रत रहेका छन। पारिवारिक अार्थिक स्थिति अत्यन्त कमजोर भएका दुधे बालकको बिरामी बल्झिन गइ उपचारमा गम्भिर समस्या देखिए पछि संस्थाकी सकृय सदस्य सुश्मा राई मार्फत जन-जागृति युवा समाजमा जानकारी प्राप्त भएको थियो ।

कलेजो प्रत्यारोपण गर्नु पर्ने हुदा पीडित बालकको लागी कुवेतको सामाजिक सस्था जन जागृती युवा समाज कुवेत र अन्य सहयोगी मनहरुद्वारा संयुक्तरूपमा संकलन रकम, ११६.५ कुवेती दिनर, साथै नेपाली रुपैयाँ ४३,७५०/ पीडित बालकको बुबा दिपेश राई को नाममा रहेको हिमालयन बैंकको खाता न. ०२७०५५९७२४००१६ मा जम्मा गरिएको छ।

पीडित बालकको बुवाले सहयोगी सम्पूर्णलाईं धन्यवाद दिएका छन।

आर्थिक सहयोग गर्नेहरुको विवरण यस्तो छः

शुष्मा राई -१०
छत्र कार्की-५
आनान्द आचार्य-५
राम बहादुर योन्जन तामाङ-५
सुर्यचन्द्र श्रेष्ठ-५
राजेन्द्र श्रेष्ठ-५
कोपिला शाही-५ 
कमल न्यौपाने -५.५
लीला पौडेल – १०
बिनिता कार्की -५
अन्जु दर्जी – ५
टीकी लामा -५
रोसिका लिम्बु -५
टंक श्रेष्ठ  – २.५
मिलन तामाङ -२.५
रिता राई – ५
जन- जागृतिको तर्फबाट- ३१

कुल रकम ११६.५०० (एक सय सोर्ह दिनर पाँचसय फिल्स) रहेको छ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...