Wednesday 8th April 2026

कुवेतबाट कलेजो पीडितलाई अर्थिक सहयोग


तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको हो ।

खोटाङ जिल्लाका १६ महिने बालक हाल काठमान्डौको बसुन्धरा स्थित रहेको इशान बाल तथा महिला अस्पताल प्रालिमा उपचार्रत रहेका छन। पारिवारिक अार्थिक स्थिति अत्यन्त कमजोर भएका दुधे बालकको बिरामी बल्झिन गइ उपचारमा गम्भिर समस्या देखिए पछि संस्थाकी सकृय सदस्य सुश्मा राई मार्फत जन-जागृति युवा समाजमा जानकारी प्राप्त भएको थियो ।

कलेजो प्रत्यारोपण गर्नु पर्ने हुदा पीडित बालकको लागी कुवेतको सामाजिक सस्था जन जागृती युवा समाज कुवेत र अन्य सहयोगी मनहरुद्वारा संयुक्तरूपमा संकलन रकम, ११६.५ कुवेती दिनर, साथै नेपाली रुपैयाँ ४३,७५०/ पीडित बालकको बुबा दिपेश राई को नाममा रहेको हिमालयन बैंकको खाता न. ०२७०५५९७२४००१६ मा जम्मा गरिएको छ।

पीडित बालकको बुवाले सहयोगी सम्पूर्णलाईं धन्यवाद दिएका छन।

आर्थिक सहयोग गर्नेहरुको विवरण यस्तो छः

शुष्मा राई -१०
छत्र कार्की-५
आनान्द आचार्य-५
राम बहादुर योन्जन तामाङ-५
सुर्यचन्द्र श्रेष्ठ-५
राजेन्द्र श्रेष्ठ-५
कोपिला शाही-५ 
कमल न्यौपाने -५.५
लीला पौडेल – १०
बिनिता कार्की -५
अन्जु दर्जी – ५
टीकी लामा -५
रोसिका लिम्बु -५
टंक श्रेष्ठ  – २.५
मिलन तामाङ -२.५
रिता राई – ५
जन- जागृतिको तर्फबाट- ३१

कुल रकम ११६.५०० (एक सय सोर्ह दिनर पाँचसय फिल्स) रहेको छ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...