घर फर्केर आऊ बस्नु हुन्न अब शहरमा ।
कसैले केहि नि दिने वाला छैनन् यो कहरमा ।
भनेकी थिएँ आफ्नै घरको खाऔंला आटो पिठो
असिमित चाहना बोकी गयौ आफ्नै रहरमा ।
शहर गए पछि वास्ता गर्दैनथ्यौ हामीलाई
आफ्नै थात काम लाग्दोरैछ दु:खको पहरमा ।
बाँजैं छन् खेतीयोग्य जमिन पानी बिना एकडै
सिचाईमा लगानी बढाऊ गाउँकै नहरमा ।
केहि पाउने आशमा समय गये सित्तै वर्षौं
भन्दा भन्दै सबै श्रमदान डुबायौ जहरमा ।
शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका