Thursday 8th October 2026

धादिङमा डोजरले ठक्कर दिएर महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ


धादिङकाे सल्यानटारमा डोजरकाे ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर बोर्डरबाट सिआइबीले चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको डिआइजी सहकुल थापाले बताए।

सिआइबीले आज पत्रकार सम्मेलन आयोजना गर्दै उनलाई भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिआइजी थापाले जानकारी दिए।डिआइजी थापाका अनुसार महिलालाई डोजरले ठक्कर दिएर पछि उनी घाइते भइन्। बुढाथोकीले थाहा पाएर पनि जानीजानी पुरेछन्।त्यसपछि उनी फरार थिए। उनी भागेर हरिद्वार गएका थिए। जहाँ उनको दाइ बस्छन्।

उनी चैत ३ गते नेपालगन्ज आएका थिए। विशेष सूचनाको आधारमा उनलाई पक्रन सफल भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बिना लाइसेन्स उनले डोजर चलाएका थिए।गत फागुन १७ गते घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई डोजरले ठक्कर दिएपछि जिउँदै पुरेको थियो।सडक खन्न गाउँपालिकाले ठेक्का लगाएको सडक ठेकेदार कम्पनीको डोजरले सोही वडाकी ४५ वर्षीया सरस्वती कुमाललाई सुरूमा ठक्कर दिएको थियो। ठक्करबाट कुमाल घाइते भएपछि बुढाथोकीले उनलाई उद्धार गर्न छोडेर खाल्डोमा पुरेका थिए।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...