Sunday 28th December 2025

बदर अल समा मेडिकल सेन्टरले ड्राइव-थ्रु पीसीआर स्वाब लिने सेवा शुरू गर्यो


तीतोपाटी – कुवेतमा सर्वसाधारणलाइ गुणस्तरिय र सस्तो स्वास्थ्य सेवा प्रदान गर्दै अाएको बदर अल समा मेडिकल सेन्टरले कुवेतको फरवानियामा ड्राइव-थ्रु पीसीआर स्वाब लिने सेवा शुरू गरेको छ । ड्राइव थ्रु सेवा शुरू भएपछि पीसीआर स्वाब परिक्षणको लागि अब ल्याबमा गइरहनु पर्ने झण्झट हराएको छ ।

फरवानिया सिटीमा रहेको बदर अल समा मेडिकल सेन्टरले जनाए अनुसार अस्पतालको ड्राइव थ्रु काउन्टर बिहान ६ बजे देखि बेलुकी छ बजे सम्म खुला रहनेछ भने यो सेवा शुरू भएपछि अस्पतालमा भिडभाड कम हुने र सेवाग्राहीहरूको समयको पनि बचत हुनेछ। दक्ष ल्याब टेक्निसियनहरू स्ट्यान्डबाइ रूपमा काउन्टरमा बसिरहने भएकोले सेवाग्रहीहरूले ड्राइविङ गरेर काउन्टरसम्म पुगी सवारीबाट बाहिर नै ननिस्कीकन पीसीआर परिक्षणको लागि स्वाब दिन सक्नेछन् ।

कोभिड-१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर संचालन गरिएको उक्त ड्राइव थ्रु स्वाब परिक्षण शुल्क जम्मा २८ कुवेती दिनार लाग्नेछ भने स्वाब परिक्षण गर्न दिएको २४ घण्टा भित्र परिक्षण प्रतिवेदन (PCR Report) प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...