Saturday 10th October 2026

विश्वासको मत नलिने, अविश्वासको प्रस्ताव आए सामना गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए ।प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ ।

प्रचण्ड–माधव समूहले पनि संसदीय दलका बहुमत भएको दाबी गरेको छ भने बामदेव गौतमसहित केही सांसद दुवैतिर लागेका छैनन् ।आफ्नो समूहका सांसदहरुको बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने बताए । आफूसँग बहुमत रहेको भन्दै उनले भने, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’

राष्ट्रियसभा सदस्य सुमन प्याकरेलका अनुसार प्रधानमन्त्री आफैंले संसदमा विश्वासको मत लिने सम्भावना छैन । ‘संसद विघटन गर्दा उहाँले जुन प्रश्न उठाउनु भएको थियो, त्यो ठीक थियो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री आफैंले विश्वासको मत लिने भन्ने प्रश्नै आउँदैन ।’

नेकपा कानूनी रुपमा एक रहँदासम्म प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउनै नसक्ने ओली समूहको दाबी छ । नेकपा संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव आएमा भने त्यसको सामना गर्ने सांसद प्याकुरेलले बताए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...