Friday 3rd April 2026

फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर आइन्छ -प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए फेरि दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सजिलै प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने तर हटाएपनि फेरि जनताबाट दुई तिहाई बहुमत ल्याउने बताएका हुन्।

‘संसद पुनःस्थापना गरेर ल्याउनुभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न, अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्। पहिले पनि अविश्वासको प्रस्तावबाट हटाएको हो। म जनताबाट फर्किएर आएको हुँ। अहिले पनि हटाएर देखाउनुस्। हटाउन सक्नुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर आइन्छ। त्यो कुनैै चिन्ताको विषय छैन।’

उनले लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई तलमाथि हुन नदिने समेत बताए। ‘लोकतन्त्रलाई तलमाथि हुन दिँइदैन। हामीले बलिदानीपूर्ण संघर्ष गरेर लोकतन्त्र ल्याएको हो। हाम्रो संविधान समयअनुसार परिमार्जन हुन सक्दछ, तर संविधानको लोकतान्त्रिक मर्म र भावनालाई तलमाथि पर्न दिँइदैन।’

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...