Thursday 8th October 2026

स्वतन्त्र विद्यार्थी युनियनद्वारा सांकेतिक विरोधस्वरुप जुत्ता प्रहार


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता प्रहार कार्यक्रम गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ । यूनियनले सोमबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रतिगमनको प्रतिमा बनाई जुत्ता हान्ने कार्यक्रम गरेको हो । अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनी साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताए । उनले भने, “आज हामीले प्रतिगमनलाई संकेत मात्रै बनाएर जुत्ता प्रहार गरेका छौँ । प्रतिगमन सच्चिएन र प्रतिगमनका मतियारहरुले यस्ता प्रकारका प्रहशन देखाउँदै जाने हो भने हामी प्रतिगमनका बास्तविक मतियारहरुलाई जुत्ता लगाउन पछि पर्दैनौँ ।”

सह–संयोजक तामाङले प्रतिगमन कुनै मूल्यमा पनि नस्वीकार्ने बताए । संविधानको पालना, कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ । सो क्रममा उनीहरुले नारावाजी समेत लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...