Monday 26th October 2026

मदिरा पिउने मानिसलाइ क्यान्सरको खतरा बढी


तीतोपाटी – क्यान्सर एक गम्भिर प्रकारको रोग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हुने गर्दछ र शरीरमा गिर्खा तथा गाँठागुँठी निस्कँदै विकसित भएर पछि घातक हुने गर्दछ जसले धन, पैसाको खति र शारीरिक क्षति गर्दै ज्याने लिन सक्छ । यो रोग मदिरा नपिउने मानिसहरू भन्दा मदिरा पिउने मानिसहरूमा लाग्ने खतरा धेरै हुन्छ । हालै गरिएको एउटा अध्ययनले याे कुरालाइ पुष्टि गरेको छ । थोरै रक्सीले पनि क्यान्सरको जोखिमलाई २० प्रतिशतसम्म बढाउँछ । यो अध्ययनको प्रतिवेदन ‘क्यान्सर’ नामको पत्रिकामा प्रकाशित भएको छ । अन्वेषकहरूका अनुसार यदि वयस्क व्यक्तिले मदिरा सेवन गर्ने गरेका छन् भने मात्राको स्तर जतिसुकै भए पनि क्यान्सर हुने खतरा रहन्छ ।

यो अध्ययन जापानको टोकियो विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड टी.एच.चान स्कुल अफ पब्लिक हेल्थ मिलेर गरिएको थियो । उक्त अध्ययनका सहलेखक मासायोशी जैत्सुका अनुसार क्यान्सरको बढ्दो जोखिमलाई ध्यानमा राख्दै रक्सीले गर्दा हुने क्यान्सरको बारेमा मानिसहरूलाई सजग गराउनु आवश्यक छ । अन्वेषकहरूको दाबीअनुसार जो व्यक्ति कहिलेकाहीँ मात्र पनि रक्सी पिउँछन्, पिउँदैनपिउनेहरूको तुलनामा उनीहरूलाई क्यान्सरको खतरा १८ प्रतिशत बढी रहन्छ ।

उक्त अनुसन्धानका लागि वैज्ञानिकको टोलीले १,२६,४६४ व्यक्तिको मेडिकल डाटा अध्ययन गरेको थियो, जसमध्ये ६३,२३२ व्यक्ति क्यान्सरबाट ग्रस्त थिए, जबकि यति नै संख्यामा मानिस पूर्णतया स्वस्थ थिए । यी सबै सहभागीहरूले बताए कि उनीहरूले दिनहुँ कति मात्रामा मदिरा सेवन गर्छन् र कहिलेदेखि गर्दै आएका छन् ।

अध्ययनका अनुसार, जो मानिस मदिरा सेवन गर्दछन् वा जसले पहिले पिएर पनि मदिरा छोडे, उनीहरूलाई एसोफेगल क्यान्सरको जोखिम ४ गुणा बढी र ल्यारिङ्स क्यान्सरको खतरा २ गुणा बढी हुन्छ । यसको अलावा उनीहरूमा मदिरा सेवन नगर्ने व्यक्तिको तुलनामा कलेजो र कोलोन क्यान्सरको जोखिम ३० प्रतिशत ज्यादा रहेको पाइयो । त्यस्तै, पेटको क्यान्सर र स्तन क्यान्सरको खतराचाहिँ २० प्रतिशत बढी फेला पऱ्यो । ज्ञातव्य छ, एसियाली देशहरूमा क्यान्सर सबैभन्दा ठूलो रोगको रूपमा रहेको छ र विभिन्न रोगमध्ये क्यान्सरकै कारण मर्नेको सङ्ख्या अत्यधिक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–२ दभौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार भएको भीषण स्कार्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३…

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

प्रतिकृयाहरू
...