Wednesday 29th July 2026

मदिरा पिउने मानिसलाइ क्यान्सरको खतरा बढी


तीतोपाटी – क्यान्सर एक गम्भिर प्रकारको रोग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हुने गर्दछ र शरीरमा गिर्खा तथा गाँठागुँठी निस्कँदै विकसित भएर पछि घातक हुने गर्दछ जसले धन, पैसाको खति र शारीरिक क्षति गर्दै ज्याने लिन सक्छ । यो रोग मदिरा नपिउने मानिसहरू भन्दा मदिरा पिउने मानिसहरूमा लाग्ने खतरा धेरै हुन्छ । हालै गरिएको एउटा अध्ययनले याे कुरालाइ पुष्टि गरेको छ । थोरै रक्सीले पनि क्यान्सरको जोखिमलाई २० प्रतिशतसम्म बढाउँछ । यो अध्ययनको प्रतिवेदन ‘क्यान्सर’ नामको पत्रिकामा प्रकाशित भएको छ । अन्वेषकहरूका अनुसार यदि वयस्क व्यक्तिले मदिरा सेवन गर्ने गरेका छन् भने मात्राको स्तर जतिसुकै भए पनि क्यान्सर हुने खतरा रहन्छ ।

यो अध्ययन जापानको टोकियो विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड टी.एच.चान स्कुल अफ पब्लिक हेल्थ मिलेर गरिएको थियो । उक्त अध्ययनका सहलेखक मासायोशी जैत्सुका अनुसार क्यान्सरको बढ्दो जोखिमलाई ध्यानमा राख्दै रक्सीले गर्दा हुने क्यान्सरको बारेमा मानिसहरूलाई सजग गराउनु आवश्यक छ । अन्वेषकहरूको दाबीअनुसार जो व्यक्ति कहिलेकाहीँ मात्र पनि रक्सी पिउँछन्, पिउँदैनपिउनेहरूको तुलनामा उनीहरूलाई क्यान्सरको खतरा १८ प्रतिशत बढी रहन्छ ।

उक्त अनुसन्धानका लागि वैज्ञानिकको टोलीले १,२६,४६४ व्यक्तिको मेडिकल डाटा अध्ययन गरेको थियो, जसमध्ये ६३,२३२ व्यक्ति क्यान्सरबाट ग्रस्त थिए, जबकि यति नै संख्यामा मानिस पूर्णतया स्वस्थ थिए । यी सबै सहभागीहरूले बताए कि उनीहरूले दिनहुँ कति मात्रामा मदिरा सेवन गर्छन् र कहिलेदेखि गर्दै आएका छन् ।

अध्ययनका अनुसार, जो मानिस मदिरा सेवन गर्दछन् वा जसले पहिले पिएर पनि मदिरा छोडे, उनीहरूलाई एसोफेगल क्यान्सरको जोखिम ४ गुणा बढी र ल्यारिङ्स क्यान्सरको खतरा २ गुणा बढी हुन्छ । यसको अलावा उनीहरूमा मदिरा सेवन नगर्ने व्यक्तिको तुलनामा कलेजो र कोलोन क्यान्सरको जोखिम ३० प्रतिशत ज्यादा रहेको पाइयो । त्यस्तै, पेटको क्यान्सर र स्तन क्यान्सरको खतराचाहिँ २० प्रतिशत बढी फेला पऱ्यो । ज्ञातव्य छ, एसियाली देशहरूमा क्यान्सर सबैभन्दा ठूलो रोगको रूपमा रहेको छ र विभिन्न रोगमध्ये क्यान्सरकै कारण मर्नेको सङ्ख्या अत्यधिक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...