Wednesday 29th July 2026

फुटपाथदेखि पाँच तारे होटलसम्म प्रसिद्द मसला चिया


आरबी बुढाथोकी – विश्वभर चियाका पारखीहरु प्रसस्त्त छन त्यसमा पनि दक्षिण एसियामा विशेष मानिन्छ । भारतबाट शुरु भएको मसला चिया अहिले संसार भर लोकप्रिय भएको छ त्यसमा पनि जाडोको मौसममा यसको माग विशेष बढ्दो हुने गर्छ । मरुभूमिको देशमा यात्रीले पानी पानी भनेता पनि नेपाल र भारतमा भने चिया चिया भन्ने गरिन्छ । चियाको ईतिहास दक्षिणी चिनबाट शुरु भएता पनि उपनिवेशकालमा बेलायतीहरूले यसलाई दार्जीलिङ, डुवर्स र आसाममा भित्र्याए भने नेपालमा पनि त्यतैबाट सर्दै आएको मानिन्छ ।

चियाको प्रयोगमा जापानी ‘टी सेरेमोनी’ देखि बेलायतीहरूले आफ्नै विभिन्न तौरतरीका अपनाउँछन् । फिक्का, गाढा, कति बेर उमाल्ने, कतिबेर बफ्फाउने,दूध कहिले र कति हाल्ने, तातो वा चिसो कसरी पिउने सबै छुट्याएको हुन्छ । चियाका पारखीहरुका अनुसार चियाको पनि वाइन या हुस्की जस्तै विभिन्न पहिचान र आयाम हुन्छन् । ग्रीन टी, अर्थडक्स, लिफ् या धूलो मात्र होइन, बिरुवा, मुना र पातलो अनि माटो, पाखा, उँचाइ, घाम, पानी र लन्जिट्यूड–ल्याटिट्यूडले पनि फरक–फरक स्वाद र तयारीको तौरतरीका सुझाउँछ। हामीले चिया सेवनलाई अब बृहत् र बहुआयामिक बनाउने बेला आएको छ, किनकी यसले एकएक नागरिकको जिब्रोमा स्वादको घेरा फराकिलो बनाइदिन्छ । चियाको बिकल्प कफी आएता पनि बुढापाका पारखीहरुले मसला चियाको लत छोड्न मानेका छैनन् ।

नेपालमा चियाको खपत व्यापक भए पनि प्रयोग भने विविध हुन सकेको छैन। उत्तरबाट आयातीत पत्तीबाट बन्ने भोटे नुनचिया त पूरै हिमाली भेगको आफ्नै हो तर त्यो सर्वव्यापी हुन सकेन । पहाड–मधेशमा दूध–चिया–चिनी नै चलेको छ,कहिलेकाहीं मसला थपेर बिशेष बनाउने त छदैछ । मसला चियाको महत्व बढ्दै गर्दा अहिले तारे होटलहरुले समेत भोज भातेर र पार्टीमा लाइभ मसला चिया स्टेसन राख्न थालेका छन । मसला चियाका धेरै फाईदा हुनाले अहिले पाँच तारे होटल देखी फुटपाथ दोकानमा समेत ग्राहकको घुइचो हुने गरेको छ ।

मसला चिया कसरी बनाउने ?
साधारणतयाः मसला चिया दुध,चिनी,पानी,मरिच,सुक्मेल,इलाइची,दालचिनी,तलसी,लेमन ग्रास,अदुवा, ल्वाङ, धुलो या पत्ते चिया हालेर तयार गरिन्छ ।
साधारणतया पानी तताएर उल्लेखित सम्पूर्ण मसलाहरुलाई पकाउने र अन्तमा चिनी र छुटै उमालेको दुध हालेर चिया पस्कन सकिन्छ । दुध हालेर धेरै बेर उमाल्नु त्यती स्वास्थ्यकर मानिन्दैन र एउटा मसला या भाडोमा पटक पटक चिया पकाएर पिउनु पनि हानिकारक मानिन्छ । चिया पटक पटक गरी धेरै चोटि पिउनु पनि राम्रो मानिदैन ।

फाईदा
मसला चियाका याबत फाईदाहारु छन्ः
-मसला चिया सेबन गर्नाले जाडोबाट बचाउनुको साथै सर्दी कम गर्छ ।
-मसला चिया नियमित प्रयोग गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ र रक्तचाप नियन्त्रण गर्छ ।
-डाइबिटिज हुनबाट बचाउनुको साथै मुटु सम्बन्धी रोग लाग्नबाट बच्चाउँछ ।
-मसला चियामा अदुवा प्रयोग हुने हुँदा भोक जगाउने र खाना पचाउने काममा पनि पद्दत गर्दछ तर धेरै भने पिउनु भएन ।
-शरीरको वजन घटाऊन पनि मसला चियाले बिशेष भूमिका खेलेको हुन्छ ।
-सुगर लेबल नियन्त्रण गर्न पनि मसला चियाले मद्दत गरेको हुन्छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...