Wednesday 18th March 2026

बदर अल समा विशेष स्वास्थ्य कार्ड कबयान हाइपरमार्केटका पदाधिकारीहरूलाइ वितरण गरियो


तीतोपाटी – निकै सस्तो दरमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कबयान हाइपरमार्केट कुवेतका पदाधिकारीहरू एवं कबयान रिवार्ड कार्ड होल्डर सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले कबयान हाइपरमार्केटका पदाधिकारीहरूलाइ विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् ।

उक्त विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका मार्केटिङ कोअर्डिनेटरहरू मिस्टर अनास तथा प्रिमा साथै कबयान हाइपर मार्केटका क्षेत्रीय निर्देशक अब्दुल करीम अलि तथा हाइपरमार्केटका ब्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

ब्यक्तिगत रूपमा लिनु पर्दा वार्षिक १० केडि मुल्य पर्ने उक्त विशेष स्वास्थ्य कार्ड साथमा भए पछि अस्पतालबाट दिइने विभिन्न सेवाहरूमा विशेष छुट पाउन सकिन्छ । यो कार्ड हुने जो कसैलाइ पनि डक्टर परामर्श, Xrays, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा बदर अल समा मेडिकल सेन्टरले छुटको ब्यवस्था गरेको छ ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले यस अघि पनि टुलुकुटा कुवेत (TKK) र केरला प्रवासी संघ (KKPA) का पदाधिकारीहरू तथा सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको थियो । बदर अल समा मेडिकल सेन्टरले आफु सँग विभिन्न किसिमले सहकार्य गर्ने जुनसुकै संघ संस्था वा कम्पनी विशेषलाइ सो विशेष स्वास्थ्य कार्ड वितरण गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...