तितोपाटी- बहराइन सरकारले बहराइनका नागरिकसरह त्यहाँ रोजगारीका लागि गएका आप्रवासी कामदारलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । उक्त खोप लगाउनका लागि बहराइनमा कार्यरत नेपाली कामदारलाई समयमै आफ्नो नाम दर्ता गराउन बहराइनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
बहराइन सरकारले दिएको सुविधाका लागि नाम टिपाउन दूतावासले त्यहाँ रहेका नेपालीलाई अपिल गरेको हो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । बहराइन सरकारले नेपाली कामदारलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराएको उनको भनाइ छ ।
दूतावासले बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन सबै नेपाली कामदारलाई अनुरोध गरेको छ । खोप आए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न र अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।