Wednesday 8th April 2026

कुवेत प्रस्थान र कुवेत आगमनमा शुल्क लाग्ने


तितोपाटी- कुवेत आउने हरुका लागी कुवेत बाहीर जाने यात्रुहरूका लागी सेवा शुल्क लागु हुने भएको छ।

आगामी जुन महीनाको एक तारिक देखी कुवेत विमानस्थलबाट छुट्ने यात्रुहरूको लागी  दिनर  कुवेत आइपुग्ने यात्रुहरूको लागी २ दिनर कुवेत अन्तराष्ट्रीय विमानस्थलले सेवा शुल्क लिने मन्त्रालयले निर्णय जारी गरेको  कुवेतस्थित– आवास मामिला राज्यमन्त्री र सेवा मामिला राज्यमन्त्री डा. अब्दुल्लाह माराफीले जारी विज्ञप्तिमा जानकारी गराएक छन।

मन्त्रीका अनुसार उक्त निर्णय आगामी जुन महीनादेखी लागु हुने थप गरीएको रकम यात्रुको एयरलाइन्स टिकटमा थपिने एयरलाइन्सकम्पनीहरूमार्फत सेवा शुल्क लगाइने बताए।

नागरिक उड्डयन महानिर्देशकका अनुसार (डीजीसीए) कुवेतले शुल्क लागु गरिनु पर्ने विषय केही समय अघि अनुमोदन गरिएको थियो उक्त समयमा ( प्रस्थान आगमनमा  दिनर लिनु पर्ने बताएपनी उक्त नियम लागु नगरेको बताउदै वास्तवमा, विश्वको सबैभन्दा कम एयरपोर्ट शुल्क मध्ये एक कुवेत रहेको बताएका छन। यो निर्णय जूनदेखि प्रभावकारी हुने सबै यात्रुमा लागू हुने नागरिक उड्डयन समितिकाप्रवक्ता साअद अल ओताबीले बताए


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...