Wednesday 18th March 2026

एनआरएनए कुवेतले जेलमा रहेका १ नेपाली सहित ५ नेपालीको उद्धार गर्यो


तितोपाटी- कुवेतमा अलपत्र अवस्थामा रहेका चार जना नेपाली सहित जेलमा रहेका एक नेपालीलाई एनआरएनए कुवेतले उद्धार गरेको

कोरोना महामारीका कारण कुवेतमा बेरोजगार बनी समस्यामा परी घर फर्कन हवाई टिकट काट्न नसक्ने अवस्थामा रहेका तनहु जिल्लाघर भएकाराजु सावंत, तेह्रथुम जिल्लाका भीम सिंग लिम्बु, मकवानपुर जिल्लाकायादव दुंगना, सिरहा जिल्लाका अजय कुमारमण्डल, सहित विविध कारणले गर्दा कुवेतको जेलमा रहेका झापा घर भएका तिलक बहादुर खड़का गरी पाँच जना नेपालीको उद्धारगरेको छ।

उक्त पिडितलाई कोरोनाको पिसिआर परिक्षण, हवाइ टिकट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पिडित पक्ष्यको घर सम्मको बसभाडाको समेत व्यवस्था गरी पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिएका छन।

त्यस्तै कुवेतको जेल भित्र फ़िर्ती केन्द्रमा रहेका खड़कालाई समेत सोही व्याबस्था गरी गत सोमवारका दिन नेपाल पठाएको केसीलेबताए। बैदेशिक रोजगारीका सिलसिलामा उक्त युवाहरु केही समय अगाडी विभिन्न कामदारका रुपमा कुवेत आएका थिए

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन्
कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए नेपाल जानकोलागि हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरि काठमाण्डौ बिमान स्थलदेखि घरसम्मपुग्ने खर्च समेत व्यवस्था गरिने केसीले  बताए


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...