Monday 6th April 2026

सेफ आर. बि. बुढाथोकी उत्कृष्ट सेफ अफ द इयर २०२० बाट सम्मानित


तीतोपाटी – कोसेली समुहका पूर्व सम्पादक तथा होटेल सोल्टी क्राउनप्लाजाका सेफ आर. बि. बुढाथोकीलाइ काठमाडाैं स्थित न्यूजलाइन्स मिडियाले उत्कृष्ट सेफ अफ द इयरको अवार्डबाट सम्मान गरेको छ । हिँजो आईतवार काठमाडौं चक्रपथ स्थित ईराकल पार्टी प्यालेसमा आयोजना भएको न्युजलाइन्स मिडियाको चौथो बार्षिक उत्सवको अवसरमा सेफ अफ द ईयर २०२० को उत्कृष्ट सेफमा बुढाथोकीलाइ सम्मान गरिएको हो ।

न्युजलाइन्स मिडियाले बिभिन्न १५ बिधाका उत्कृष्ट सेवा गरेका सामाजिक क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । आयोजकले प्रमुख अतिथि आनान्द स्वामी र बिभिन्न ब्याक्तिहरुको उपस्थितिमा सम्मान तथा अवाड बितरण गरेको थियो ।

त्यसमध्ये बुढाथोकी उत्कृष्ट सेफको रुपमा काम गरी नेपाली सेफको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापनीज, लगायत धेरै देशका आईटमहरु बनाउने सेफ अर्थात परिकार माष्टरको रुपमा परिचित छन् । तिनै काम र मुल्याङकनको आधारमा सम्मान तथा अवार्डले सम्मानित गरेको आयोजकले जनाएको छ ।

पेशाले सेफ भए पनि नियमित रूपमा कलम चलाउँदै आएका बुढाथोकीले देश बिदेशमा रहेका थुप्रै बिद्यार्थीहरुलाई तालिम दिनुका साथै नेपालका थुप्रै सञ्चार माध्यमहरुमा खानाका परिकारहरुको तरिका, स्वास्थ खानपानको बनावट लगायतमा कलम समेत चलाउदै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...