Friday 9th October 2026

पाल्पामा गाउपालिका स्तरिय लागू पदार्थ सचेतना तथा ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न


सुशिल बस्याल – पाल्पा जिल्लाको बगनासकाली गाउपालिका स्तरिय लागू पदार्थ सचेतना तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजक युवराज बस्याल,सहयोगी सुदिप बस्याल,रुपेश घिमिरेले परदेशमा बसेर कार्यक्रमलाई सहजीकरण गरेका हुन् भने गाउँपालिका स्तरमा सुशिल बस्यालले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् भने उक्त कार्यक्रम हिँजो सम्पन्न भएको हो ।

बिमला बस्यालको अध्यक्षता, गाउपालिका अध्यक्ष कृष्ण बस्यालको प्रमुख अातिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी र प्रमुख प्रशासकिय अधिकृत सुरेश घिमिरेको विशेष अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

अन्तरकृया कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन तथा संचालन सुशिल बस्यालले गरेका थिए भने उनले समाज बनाउने र बिगार्ने सबै सर्वसाधारण जनतामै रहेको हुन्छ भन्दै लागुपदार्थलाई ब्यवस्थापन गर्न पर्ने र यसको समस्या र समधानका उपाय सहितको कार्यबिधी कार्यक्रममा प्रस्तुत गरेका थिए ।।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रमलाई पुर्णता दिन गाउँपालिका सधै तत्पर रहने जानकारी गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दिएका थिए । बगनासकाली ५ का वडा अध्यक्ष ईश्वर कुमार रानाले लागुपदार्थलाई नियन्त्रण गर्न विशेष जोड दिन पर्ने र कार्यक्रमलाई सार्थकता दिलाउन सर्व साधरण जनता सक्रिय हुनुपर्ने बताएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेती तथा बडा अध्यक्ष लगाएतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...