Wednesday 8th April 2026

कुवेतमा कोभिडको नयाँ रुप- दुई जना महिलामा संक्रमणको पुष्टि


तितोपाटी- बेलायतबाट फर्केका दुई कुवेती महिलामा नयाँ कोरोनाभाइरस भेरिएन्ट संक्रमित पुष्टि भएको कुवेतस्थित स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

उक्त संक्रमित महिलाले बेलायतबाट कुवेत प्रस्थान गर्नुअघी पीसीआर परीक्षण गरेका थिए जस्ले संक्रमित नभएको अर्थात, रेपोर्ट नेगेटिभ आएको थियो। तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि गरिएको अर्को पीसीआर परीक्षणमा उनीहरुको रेपोर्टमा कोभिडको नयाँ रुप- कोभिड-१९ भेरिएन्ट, संक्रमित भएको कुरा मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल सनदले कुवेत न्यूज एजेन्सीलाई जानकारी दिएका हुन।

अल सनदले भने, संक्रमित उक्त दुई जनालाई क्वारेन्टाइनमा राखी परीक्षण गरिएको थियो उक्त रिपोर्टमा उनीहरूलाई भेरिएन्ट संक्रमित भएको हो। विश्वका केही देशहरूले नयाँ कोरोनाभाइरस भेरिएन्टको भाइरस रोक्नको लागि थप उपायहरू लिइरहेका छन।

साथै कुवेत स्वास्थ्य मन्त्रालयले तत्काल ती दुई संक्रमितलाई सुरक्षा स्थानमा सारेको र उनीहरूलाई क्वारेन्टाइनमा राख्ने जस्ता सबै आवश्यक कदमहरू चालेको छ। मन्त्री सनदले जनतालाई कडा स्वास्थ्य सावधानी अपनाउन, विशेष गरी फेस मास्क लगाउने, हात धुने र भिडभाड बाट टाढा रहन आग्रह गरेका छन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...