Saturday 10th October 2026

भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुने


तितोपाटी- भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।

खोपको पहिलो प्राथमिाकतामा स्वास्थ्यकर्मीसहित कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपङ्क्तिमा काम गर्नेहरुलाई राखिएको छ ।

नेपालले पनि भारतबाट १ करोड २० लाख डोज खोप ल्याउन खोजेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको समयमा यो विषयमा कुराकानी हुने बताइएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको आपतकालिन प्रयोगमा ल्याएसँगै ब्राजिलले भारतसँग २० लाख डोज खोपको माग गरेको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भारतलाई पत्राचार गरी जतिसक्दो छिटो एस्ट्राजेनेकाको २० लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् ।

ब्राजिलमा कोरोनाका कारण २ लाख २ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ करोड ७५ हजार ९ सय बढी छ ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...