Saturday 31st October 2026

भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुने


तितोपाटी- भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।

खोपको पहिलो प्राथमिाकतामा स्वास्थ्यकर्मीसहित कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपङ्क्तिमा काम गर्नेहरुलाई राखिएको छ ।

नेपालले पनि भारतबाट १ करोड २० लाख डोज खोप ल्याउन खोजेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको समयमा यो विषयमा कुराकानी हुने बताइएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको आपतकालिन प्रयोगमा ल्याएसँगै ब्राजिलले भारतसँग २० लाख डोज खोपको माग गरेको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भारतलाई पत्राचार गरी जतिसक्दो छिटो एस्ट्राजेनेकाको २० लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् ।

ब्राजिलमा कोरोनाका कारण २ लाख २ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ करोड ७५ हजार ९ सय बढी छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई ५०० वटा Patriot PAC-3 MSE वायु प्रतिरक्षा मिसाइल बिक्री गर्न अनुमति दिएको छ। यी मिसाइलहरू रुसले…

डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति भएको यो घटनापछि प्रहरीले…

लगातार परेको वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्। यसले यात्रा…

प्रतिकृयाहरू
...