Thursday 6th August 2026

अमेरिकामा हिंसात्मक आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो


तितोपाटी- अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको ‘मेडिकल आपत्‌कालीन अवस्था’ कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

हालसम्म कम्तिमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ। वाशिङ्टन डीसीमा कर्प्यू आदेश जारी गरिएको छ भने सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन्।

निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रकृया अवरूद्ध भएको थियो। सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन्।

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी संघीय संसद् भवनमा जबर्जस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नु परेको थियो।

संसदीय प्रकृया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसद्हरूले आफ्नो ठाउँका निर्वाचन मत परिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ।

राष्ट्रपति ट्रम्पले आफ्ना उग्र समर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् तर उनले “अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको” भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए। – बीबीसीको सहयोगमा


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...