Friday 9th October 2026

पुस्तक विमोचन समारोह सम्पन्न


सुशिल बस्याल,पाल्पा – पाल्पा जिल्लाको बगनासकालीमा रहेको वेद युवा सुमहले पुस्तक विमोचन समारोह सम्पन्न गरेको छ । युवा समुहका पदाधिकारी तथा वेद युवा समुहको शुभचिन्तकहरुको २५ वटा लेख रचना उक्त पुस्तकमा समाबेश गरिएको छ । गाउँपालिका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनीधिहरू तथा युवा समुहका पदाधिकारीहरूको समुपस्थितिमा उक्त विमोचन समारोह सम्पन्न भएको हो ।

विमोचन समारोहमा बोल्दै वेद युवा समुहका अध्यक्ष बरुण बस्यालले पुस्तक पल्टाउँदा वेद युवा समुहले स्थापना काल देखि आजको दिन सम्म गरेको कामको दस्तावेज भेट्न सकिने जानकारी दिएका थिए ।

समाजमा सकारात्मक परिवर्तन दिनको लागि र युवा परिचालन र उत्प्रेरणाको उद्देश लिएर पुस्तक प्रकाशन गरिएको हो । ब्यक्तिगत तथा गाउँपालिकाको तर्फबाट युवाहरुलाई सधै सहयोग गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिएका थिए ।

अन्य अतिथिहरुले युवाहरुलाई बधाई तथा शुभकामना दिएका थिए । पुस्तक प्रकाशनमा नोरिक र इन्सेक सस्थाले सहयोग गरेको थियो । यस विमोचन समारोहको कार्यक्रम सन्चालन सुशिल बस्यालले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...