Friday 3rd April 2026

विदेश जान नक्कली पीसीआर रिपोर्ट : कीर्ते गर्नेलाई खोज्दै प्रहरी


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका ७ जनाले कहाँबाट कीर्ते कागजपत्र तयार पारे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिएका ७ जनामाथि महानगरीय प्रहरी वृत्त, गौशालाले अनुसन्धान जारी राखेको हो ।

गौशाला प्रहरीका डीएसपी जितेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिले ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट बोकेका थिए ।‘हालसम्मको अनुसन्धानले नक्कली रिपोर्ट बनाउने कार्यमा अस्पताल वा प्रयोगशालाको संलग्नता देखाएको छैन,’ बस्नेतले भने, ‘कुनै साइबर वा अन्य ठाउँमा फोटोसपबाट एडिट गरेर नाम फेरेको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार विभिन्न देश जान लागेका व्यक्तिको शंकास्पद रिपोर्ट देखिएपछि छानबिन थालिएको थियो । ‘रिपोर्टमा भएको सिरियल नम्बर अनुसार अस्पताल र प्रयोगशालामा सोध्दा त्यो अर्कै व्यक्तिको नामको रिपोर्ट भएको पाइयो’, बाँस्तोलाले अनलाइनखबरसँग भने ।

रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङलाई पक्राउ गरेको थियो ।थप अनुसन्धान गौशाला प्रहरीले गरिरहेको छ ।

-अनलाइन खबरबाट

सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...