Wednesday 8th April 2026

कुवेतमा अबैधानिकलाई बैधानिक बन्न एक महिना थप


तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा डिसेम्बर ३० तारिखमा सकिएसंगै पुन जनवरी ३१ तारीख सम्मको लागि समय थप गरिएको छ। एक महिनाको समय दिएको कुवेतको आन्तरिक मन्त्रालय तथा स्थानीय संचारमाध्यम कुवेत टाइम्सले जनाएको छ ।

यसैबीच, गृह मन्त्रालयले जनवरी ३१ सम्म म्याद थप्ने आदेश दिएको छ किनकि धेरै मानिस अप्रत्याशित एयरपोर्ट बन्द भएका कारण यात्रा गर्न असमर्थ रहेका छन।

कुवेतले दिएको एक महिनाको अवधिमा १ हजार जनाले आममाफीको फाइदा लिएको मन्त्रालयले जनाएको छ ।पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।

मन्त्रालयले सबै अवैध बासिन्दाहरूलाई देश छाड्न वा नयाँ स्वीकृत समय सीमा भन्दा पहिले आवासलाई कानूनी मान्यता दिन आग्रह गरेको छ। देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर ३१ देखि जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ । आफूलाई कानूनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...