Wednesday 24th April 2024

अक्षय कुमारले पुनः बढाए आफ्नो पारिश्रमिक


अक्षय कुमार यतिबेला बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेतामध्ये एक हुन् । अक्षय कुमार काममा निकै लगनशील छन् र एकदिन पनि ब्रेकमा बस्दैनन् । त्यसैले त कति कलाकारको वर्षमा मुश्किलले एउटा फिल्म रिलिज भइरहेका बेला अक्षय कुमारको भने ४–५ वटा फिल्म रिलिज भइरहेको हुन्छ । अक्षय कुमारका थुप्रै फिल्म सन् २०२१ मा मात्रै नभई २०२२ मा पनि रिलिज हुने तयारी भइसकेको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार अब अक्षयले आफ्नो पारिश्रमिक बढाएको खबर प्रकाशित भएको छ ।

बलिउड हंगामाको एउटा रिपोर्टलाई विश्वास गर्ने हो भने केही महिनामा अक्षय कुमारले आफ्नो पारिश्रमिकमा अत्यधिक वृद्धि गरेका छन् । सुरुमा अक्षयले आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १०८ करोड गरेका थिए जुन अब बढेर ११७ करोड भारु पुगेको थियो । एक स्रोतलाई विश्वास गर्ने हो भने हरेक निर्माता अक्षय कुमारलाई आफ्नो फिल्ममा अनुबन्ध गर्न चाहन्छन् । यस्तोमा आफ्नो मागलाई मध्यनजर गर्दै अक्षयले सन् २०२२ मा रिलिज हुने आफ्नो हरेक फिल्मका लागि पारिश्रमिक बढाएर १३५ करोड भारु गरिदिएका छन् ।
वास्तवमा हरेक निर्माता अक्षय कुमारलाई फिल्ममा लिएर जोखिम कम गर्न चाहन्छन् । कम बजेटमा पनि निकै उत्कृष्ट फिल्म बन्ने गर्छ जसमा मोटो रकम फाइदा हुने सम्भावना पनि बढी हुन्छ । स्रोतका अनुसार अक्षयलाई लिएर एउटा फिल्म निर्माण गर्दा लाग्ने शूल्क र उनको पारिश्रमिक मिलाएर १९० करोड भारु जति पर्छ । जबकी सेटलाइट, डिजिटल, म्युजिक राइट्स र थिएटर्सबाट फिल्मले सजिलै २ सय करोडमाथि नै व्यापार गर्छ । त्यसैले निर्मातालाई अक्षयको फिल्मबाट घाटा हुने सम्भावना निकै कम हुन्छ ।

अक्षयले आफ्ना निकै मिल्ने साथी फिरोज नाडियाडवालालाई पारिश्रमिकमा विशेष छुट दिने गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । फिरोजको फिल्ममा उनी २० प्रतिशत कम पारिश्रमिक लिने  गरेको बताइन्छ । अक्षय कुमारको पछिल्लो फिल्म ‘लक्ष्मी’ रिलिज भएको थियो । उनको अर्को फिल्म ‘सूर्यवंशी’ बनेर तयार छ । अक्षयले ‘बेल बटम’ को सुटिङ पूरा गरिसकेका छन् । यतिबेला अक्षयसँग ‘अतरंगी रे’, ‘पृथ्वीराज’, ‘राम सेतु’, ‘मिशिन लायन’, ‘रक्षा बन्धन’ जस्ता थुप्रै फिल्म छन् जुन २ वर्षभित्र रिलिज हुनेछ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...