Monday 20th July 2026

अक्षय कुमारले पुनः बढाए आफ्नो पारिश्रमिक


अक्षय कुमार यतिबेला बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेतामध्ये एक हुन् । अक्षय कुमार काममा निकै लगनशील छन् र एकदिन पनि ब्रेकमा बस्दैनन् । त्यसैले त कति कलाकारको वर्षमा मुश्किलले एउटा फिल्म रिलिज भइरहेका बेला अक्षय कुमारको भने ४–५ वटा फिल्म रिलिज भइरहेको हुन्छ । अक्षय कुमारका थुप्रै फिल्म सन् २०२१ मा मात्रै नभई २०२२ मा पनि रिलिज हुने तयारी भइसकेको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार अब अक्षयले आफ्नो पारिश्रमिक बढाएको खबर प्रकाशित भएको छ ।

बलिउड हंगामाको एउटा रिपोर्टलाई विश्वास गर्ने हो भने केही महिनामा अक्षय कुमारले आफ्नो पारिश्रमिकमा अत्यधिक वृद्धि गरेका छन् । सुरुमा अक्षयले आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १०८ करोड गरेका थिए जुन अब बढेर ११७ करोड भारु पुगेको थियो । एक स्रोतलाई विश्वास गर्ने हो भने हरेक निर्माता अक्षय कुमारलाई आफ्नो फिल्ममा अनुबन्ध गर्न चाहन्छन् । यस्तोमा आफ्नो मागलाई मध्यनजर गर्दै अक्षयले सन् २०२२ मा रिलिज हुने आफ्नो हरेक फिल्मका लागि पारिश्रमिक बढाएर १३५ करोड भारु गरिदिएका छन् ।
वास्तवमा हरेक निर्माता अक्षय कुमारलाई फिल्ममा लिएर जोखिम कम गर्न चाहन्छन् । कम बजेटमा पनि निकै उत्कृष्ट फिल्म बन्ने गर्छ जसमा मोटो रकम फाइदा हुने सम्भावना पनि बढी हुन्छ । स्रोतका अनुसार अक्षयलाई लिएर एउटा फिल्म निर्माण गर्दा लाग्ने शूल्क र उनको पारिश्रमिक मिलाएर १९० करोड भारु जति पर्छ । जबकी सेटलाइट, डिजिटल, म्युजिक राइट्स र थिएटर्सबाट फिल्मले सजिलै २ सय करोडमाथि नै व्यापार गर्छ । त्यसैले निर्मातालाई अक्षयको फिल्मबाट घाटा हुने सम्भावना निकै कम हुन्छ ।

अक्षयले आफ्ना निकै मिल्ने साथी फिरोज नाडियाडवालालाई पारिश्रमिकमा विशेष छुट दिने गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । फिरोजको फिल्ममा उनी २० प्रतिशत कम पारिश्रमिक लिने  गरेको बताइन्छ । अक्षय कुमारको पछिल्लो फिल्म ‘लक्ष्मी’ रिलिज भएको थियो । उनको अर्को फिल्म ‘सूर्यवंशी’ बनेर तयार छ । अक्षयले ‘बेल बटम’ को सुटिङ पूरा गरिसकेका छन् । यतिबेला अक्षयसँग ‘अतरंगी रे’, ‘पृथ्वीराज’, ‘राम सेतु’, ‘मिशिन लायन’, ‘रक्षा बन्धन’ जस्ता थुप्रै फिल्म छन् जुन २ वर्षभित्र रिलिज हुनेछ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...