Wednesday 8th April 2026

कुवेतमा कोभिड खोप लिन तयार व्यक्तिहरूको संख्या एक लाख नजिक


तितोपाटी- कुवेतमा कोभिड -१९ को खोप लिन इच्छुक व्यक्तिहरूको संख्या दैनिकरुपमा बढ्दै गएको छ भने कोभिड भ्याक्सिन लिन चाहने हालसम्म करिब एक लाख व्यक्तिहरुले अनलाइन मार्फत आवेदन दर्ता गरेका छन्। कुवेत सरकारले कोभिड-१९ विरूद्धको खोप लिनको लागि अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था मिलएको छ ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार ९५ हजार भन्दा बढी व्यक्तिले खोप लिनका लागि फारम भरेका छन् । त्यस्तै कुवेत सरकारले हिजो देखी निःशुल्क खोप दिन सुरु गरेको छ।

स्वास्थ्य मन्त्री बासिल अल सबाहका अनुसार भाइरस रोकथामको लागि कुवेतमा रहेका स्वदेशी तथा विदेशी सबैले कोभिड-१९ को खोप लिनु पर्ने बताएका छन।

कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बासिल अल सबाहले पहिलो खोप लगाउदै कोभिड-१९ विरूद्धको खोप कार्यक्रमको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले कोभिड विरूद्धको खोप लिँदा कुनै साइड इफेक्ट नहुने बताउदै कुवेतबासी सबैलाई खोप लिन अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...