Monday 25th August 2025

कुवेतमा कोभिड खोप लिन तयार व्यक्तिहरूको संख्या एक लाख नजिक


तितोपाटी- कुवेतमा कोभिड -१९ को खोप लिन इच्छुक व्यक्तिहरूको संख्या दैनिकरुपमा बढ्दै गएको छ भने कोभिड भ्याक्सिन लिन चाहने हालसम्म करिब एक लाख व्यक्तिहरुले अनलाइन मार्फत आवेदन दर्ता गरेका छन्। कुवेत सरकारले कोभिड-१९ विरूद्धको खोप लिनको लागि अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था मिलएको छ ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार ९५ हजार भन्दा बढी व्यक्तिले खोप लिनका लागि फारम भरेका छन् । त्यस्तै कुवेत सरकारले हिजो देखी निःशुल्क खोप दिन सुरु गरेको छ।

स्वास्थ्य मन्त्री बासिल अल सबाहका अनुसार भाइरस रोकथामको लागि कुवेतमा रहेका स्वदेशी तथा विदेशी सबैले कोभिड-१९ को खोप लिनु पर्ने बताएका छन।

कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बासिल अल सबाहले पहिलो खोप लगाउदै कोभिड-१९ विरूद्धको खोप कार्यक्रमको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले कोभिड विरूद्धको खोप लिँदा कुनै साइड इफेक्ट नहुने बताउदै कुवेतबासी सबैलाई खोप लिन अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...