Tuesday 8th July 2025

नयाँ वर्ष २०२१ को अवसरमा कल्याणकारी नेपाली युवा समाजले खुला भलिबल प्रतियोगिता गर्ने


तीतोपाटी – सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कुवेतमा चिर परिचित युवा समुह कल्याकारी नेपाली युवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिताको नाम ” अल मुजैनी भलिबल कप २०२१” राखिएको छ भने भलिबल प्रतियोगिताको लागि आयोजक र प्रायोजकले सम्झाैता गरि सकेको जनाइएको छ ।

आगामी शुक्रबार १ जनवरी २०२१ देखि शुरू हुने उक्त भलिबल प्रतियोगिता महाबुल्ला स्थित भलिबल मैदानमा हुने तथा प्रतियोगिताका खेलहरू जनवरी १ तथा जनवरी ८ तारिकमा खेलाइने कल्याणकारी नेपाली युवा समाजले जनाएको छ भने उक्त प्रतियोगितामा भारतीय भलिबल टिम सहित ९ टिमले सहभागिता जनाउने तय भइसकेको छ भने अन्य इच्छुक टिमले पनि खेलमा सहभागिता जनाउन सक्नेछन् ।

भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी बिहिबार टाइसिट गरिनेछ भने टिम दर्ता शुल्क १० केडि रहेको कुरा कल्याणकारी नेपाली युवा समाजका संस्थापक तथा सल्लाहकार नबराज पराजुलीले बताएका छन् । उक्त प्रतियोगितामा विजेता टिमलाइ ट्रफी र नगद १०१ कुवेती दिनार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाइ ट्रफी र नगद ५१ कुवेती दिनार पुरस्कारको व्यवस्था गरिएको पनि सल्लाहकार पराजुलीले तीतोपाटी डट कम सँगको कुराकानीमा बताए ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी…

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

प्रतिकृयाहरू
...