Friday 14th November 2025

साउदी अरबद्वारा एकसाताका लागि सवै अन्तराष्ट्रिय उडानमा रोक


तितोपाटी-  साउदी अरेवियाले सवै अन्तराष्ट्रिय उडानहरु एकसाताकका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहर (वेभ) को सम्भावनालाई मध्यनजर गर्दै एकसाताका लागि उडान रोकिएको र सो समयावधि अर्को साताका लागि पनि बढ्न सक्ने साउदी अरेवियाका सञ्चार मध्यमहरुले जनाएका छन् ।

नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेविया प्रवेश गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार यस्तो बन्देज लगाइएको साउदी अरेवियाको आन्तरिक मामिला सम्वन्धि मन्त्रालयले जनाएको छ । यस अगाडी नै केहि युरोपेली मुलुकहरु तथा बेलायतले कोभिड १९ को थप लहर आउन सक्ने भन्दै सचेत गराइसकेका छन् ।

यसअगाडी कुवेतले बेलायतबाट आउने तथा सो मुलुकमा जाने उडान रद्ध गरिसकेको छ । बेलायतले तिव्र गतिमा पुनः कोभिड १९ फैलिन थालेको घोषणा गरे लगत्तै लगाइएको हो ।
साँझासवालबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...