Wednesday 8th April 2026

साउदी सरकारले दियाे १ हजार ४०६ अवैधानिक नेपालीलाई ‘बहिर्गमन भिसा’


तितोपाटी-  साउदी सरकारले हालै मात्र थप ५८ जना अवैधानिक नेपाली कामदारहरूलाई बहिर्गमन भिसा (एक्जिट भिसा) को अवसर दिएको छ । यससँगै अवैधानिक कामदारलाइ बहिर्गमन भिसा दिने प्रकृयाको थालनी भएयता हालसम्म १ हजार ४०६ जना अवैधानिक नेपाली कामदारहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको जनाइएकाे छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक नेपाली कामदारका लागि त्यहाँकाे सरकारले यस्ताे अवसर दिएकाे हाे । यसरी अवैधानिक भएकाहरू ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाउने र पक्राउ पर्ने जाेखिम रहन्छ । उनीहरूकाे विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेपछि उक्त व्यवस्था गरिएकाे जनाइएकाे छ ।

दूतावासले अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेको समेत जनाएकाे छ । उनीहरूकाे सूची पनि साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासकाे भनाइ छ । साथै दूतावासले हालसम्म बहिर्गमन भिसा लागेकाहरूले भने स्वदेश फर्कने तयारी गर्न अनुरोध समेत गरेको छ ।

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिनाभन्दा बढी अवधि अकामा नवीकरण नभएका, नयाँको हकमा ४ महिनाभन्दा बढी अवधि अकामा जारी नभएकाहरू तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका भए पनि कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवानामा नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था गरिएकाे थियाे ।
साभार न्युज२४नेपालबाट


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...