Wednesday 19th February 2025

नेपाली जन-सम्पर्क समिति कुवेतको कार्य समितिमा पदपूर्ती तथा नयाँ सदस्यता वितरण शुरूवात


तीतोपाटी – नेपाली जन-सम्पर्क समिती कुवेतको कार्यसमितिकाे रिक्त रहेका केहि पदमा नयाँ सदस्यलाइ नियुक्त गरिएको छ भने सदस्यता विस्तारको काम शुरू भएको जन सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

नेपाली जन-सम्पर्क समिती कुवेतको हिँजो शुक्रबार समितिका सभापती श्री राजेन्द्र बिरहीको सभापतित्वमा बसेको मासिक बैठकले  समितिमा रिक्त रहेका केहि पदहरूको पदपूर्ती  गरेको छ । नयाँ पदपुर्ती गरिएका पदहरूमा उपसभापतिमा कृष्ण बहादुर तामाङ, कोषाध्यक्षमा चिज बहादुर गुरूङ र प्रवक्तामा दयानिधि काफ्लेलाइ नियुक्त गरेको जनाएको छ ।

उपसभापति ज्ञानु खड्काको निवास फर्वानियामा बसेको उक्त बैठकले नेपाली कांग्रेसको १४ औ महाधिबेसनलाई मध्यनजर गरि कुवेतमा कार्यरत नेपाली कांग्रेस संग आस्था राख्ने कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली काङ्ग्रेसको सदस्यता बितरण गर्न महामन्त्री कृष्ण पौडेको संयोजकत्वमा 7 सद्स्यिय समिती समेत गठन गरि नयाँ सदस्यता वितरण अभियान शुरू भएको जनाएको छ भने पुरानो सदस्य नबिकरणको लागि पनि आजै बाट प्रक्रिया थाल्ने निणय गरेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

जेरुसेलम: शीर्ष अमेरिकी कूटनीतिज्ञ मार्को रुबियो र इजरायली नेता बेन्जामिन नेतान्याहूले हमास र इरानप्रति आफ्नो दृष्टिकोणमा संयुक्त मोर्चा प्रस्तुत गरेपछि…

पश्चिम अफ्रिकी देश मालीमा शनिबार अवैध सुन खानी भत्किँदा ४० जनाभन्दा बढीको ज्यान गएको छ जसमा अधिकांश महिला छन् ।…

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको…

प्रतिकृयाहरू
...