Wednesday 18th March 2026

नेपाली जन-सम्पर्क समिति कुवेतको कार्य समितिमा पदपूर्ती तथा नयाँ सदस्यता वितरण शुरूवात


तीतोपाटी – नेपाली जन-सम्पर्क समिती कुवेतको कार्यसमितिकाे रिक्त रहेका केहि पदमा नयाँ सदस्यलाइ नियुक्त गरिएको छ भने सदस्यता विस्तारको काम शुरू भएको जन सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

नेपाली जन-सम्पर्क समिती कुवेतको हिँजो शुक्रबार समितिका सभापती श्री राजेन्द्र बिरहीको सभापतित्वमा बसेको मासिक बैठकले  समितिमा रिक्त रहेका केहि पदहरूको पदपूर्ती  गरेको छ । नयाँ पदपुर्ती गरिएका पदहरूमा उपसभापतिमा कृष्ण बहादुर तामाङ, कोषाध्यक्षमा चिज बहादुर गुरूङ र प्रवक्तामा दयानिधि काफ्लेलाइ नियुक्त गरेको जनाएको छ ।

उपसभापति ज्ञानु खड्काको निवास फर्वानियामा बसेको उक्त बैठकले नेपाली कांग्रेसको १४ औ महाधिबेसनलाई मध्यनजर गरि कुवेतमा कार्यरत नेपाली कांग्रेस संग आस्था राख्ने कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली काङ्ग्रेसको सदस्यता बितरण गर्न महामन्त्री कृष्ण पौडेको संयोजकत्वमा 7 सद्स्यिय समिती समेत गठन गरि नयाँ सदस्यता वितरण अभियान शुरू भएको जनाएको छ भने पुरानो सदस्य नबिकरणको लागि पनि आजै बाट प्रक्रिया थाल्ने निणय गरेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...