Tuesday 27th January 2026

क्यान्सर पीडित आयुषलाई आर्थिक सहयोग गर्न अनुरोध


तितोपाटी- चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् ।

हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ । बालकको उपचारका लागि ठूलो धनराशी लाग्ने तथा घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा बालकको जीवन रक्षाको लागि विभिन्न समाजसेवी व्यक्तिहरु मिलेर ‘आयुश बचाउँ अभियान’ सञ्चालन गरिएको छ ।

सहयोगका लागि नेपालमा सुरज रायमाझी (९८४७२८४७७७)र डिल्ली थापा (९८५७०६११३९) कुवेतमा खुम बहादुर रायमाझी (९७२२४९०८) र भारतमा कमल रायमाझी (९८२१२३७६४३) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

बालकलाई सहयोग गर्न चाहने व्यक्तिहरुले एचडीएफसी बैंक खाता नं ५०१०००३४९८७६०७  र नेपालमा कृष्णकुमारी थापाको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क बचत हि. नं.१३६०१र१३४ मा सहयोग जम्मा गर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...