Tuesday 3rd February 2026

कुवेतमा घरेलु कामदारका रुपमा काम गर्नेहरु फर्किन शुरु,६१ फिलिपिनो आज कुवेत पुगे


हरी कृष्ण न्यौपाने-कुवेतले घरेलु कामदारका रुपमा कुवेतमा काम गर्दै गरेका र छुट्टी गई कोरोनाको कारण उतै फसेका कामदारहरुलाई फर्काउन शुरु गरेको छ।यसै बिच आज डिसेम्बर १५ मंगलबार, २०२० का दिन फिलिपिन्सबाट ६१ घरेलु कामदारहरु कुवेत एयरवेज मार्फत कुवेत आईपुगेका छन।
कुवेतबाट प्रकाशित अनलाइन पोर्ट आइमान मातका अनुसार आज फिलिपिन्सबाट सिधा उडान मार्फत कुवेत आइपुगेका ६१ घरेलु कामदारहरु १४ दिन क्वारेन्टाइन बस्ने छन।उनिहरु आउनु पूर्व स्पोन्सरले अनलाइन पोर्ट मार्फतनै आफ्नो घरेलु कामदार आउनको लागि अनलाइन आबेदन भरेका थिए ।यसरी फर्काइने घरेलु कामदारहरुको १४ दिन क्वेरन्टाइन तथा स्वास्थ्य परिक्षण शुल्क गरी २७० केडी(करिब १ लाख ३ हजार नेरु)को प्याकेज रहने छ भने स्पोन्सरले दुई किस्ता गरी तिर्न सक्ने कुवेत सरकारले योजना बनाएको छ।
कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार कुवेतबाट छुट्टीमा गएका कारीब ८० हजार घरेलु कामदारहरुलाई बिशेष प्राथमिकता दिएर कुवेत एयरवेज तथा जजिरा एयरले सिधै कुवेत ल्याउने छन। पहिलो चरणमा भारतको मद्रास र नयाँ दिल्लीबाट चार उडान र फिलिपिन्सबाट दुई उडान भर्ने छन।बंगलादेशबाट भने डिसेम्बर २४ तारिक एक उडान भर्ने समाचारमा जनाइए पनि नेपालबाट भने कहिले उडान भर्ने केही जनाइएको छैन।

यसै बिच नेपाली राजदूताबास कुवेतले पनि नेपाल छुट्टी गएर फर्किन चाहने नेपाली घरेलु कामदारहरु फर्काउने बारे कुवेत सरकारबाट डिसेम्बर-७ पछी फर्काउने निर्णय भएको तर समय तालिका अझै पनि नआएको बताएको छ।तर नेपाल छुट्टी जाँदा दुताबासबाट पत्र बनाएर जाने वा कुवेत फर्किन इच्छुक घरेलु कामदारहरुले भने दुताबासमा बिभिन्न माध्यमबाट संपर्क गरी जानकारी मागी राखेका छन।दुताबासका कर्मचारी भन्छन”हामी अहिलेनै यही हो भनेर उत्तर दिन सक्ने अवस्थामा नभएकाले हामीले कुवेत सरकार तथा नेपाल सरकारको उडान तालिक पर्खिन भनी रहेका छौं।

फोटो साभार- आइमान मात


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...