Friday 14th November 2025

कुवेतमा घरेलु कामदारका रुपमा काम गर्नेहरु फर्किन शुरु,६१ फिलिपिनो आज कुवेत पुगे


हरी कृष्ण न्यौपाने-कुवेतले घरेलु कामदारका रुपमा कुवेतमा काम गर्दै गरेका र छुट्टी गई कोरोनाको कारण उतै फसेका कामदारहरुलाई फर्काउन शुरु गरेको छ।यसै बिच आज डिसेम्बर १५ मंगलबार, २०२० का दिन फिलिपिन्सबाट ६१ घरेलु कामदारहरु कुवेत एयरवेज मार्फत कुवेत आईपुगेका छन।
कुवेतबाट प्रकाशित अनलाइन पोर्ट आइमान मातका अनुसार आज फिलिपिन्सबाट सिधा उडान मार्फत कुवेत आइपुगेका ६१ घरेलु कामदारहरु १४ दिन क्वारेन्टाइन बस्ने छन।उनिहरु आउनु पूर्व स्पोन्सरले अनलाइन पोर्ट मार्फतनै आफ्नो घरेलु कामदार आउनको लागि अनलाइन आबेदन भरेका थिए ।यसरी फर्काइने घरेलु कामदारहरुको १४ दिन क्वेरन्टाइन तथा स्वास्थ्य परिक्षण शुल्क गरी २७० केडी(करिब १ लाख ३ हजार नेरु)को प्याकेज रहने छ भने स्पोन्सरले दुई किस्ता गरी तिर्न सक्ने कुवेत सरकारले योजना बनाएको छ।
कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार कुवेतबाट छुट्टीमा गएका कारीब ८० हजार घरेलु कामदारहरुलाई बिशेष प्राथमिकता दिएर कुवेत एयरवेज तथा जजिरा एयरले सिधै कुवेत ल्याउने छन। पहिलो चरणमा भारतको मद्रास र नयाँ दिल्लीबाट चार उडान र फिलिपिन्सबाट दुई उडान भर्ने छन।बंगलादेशबाट भने डिसेम्बर २४ तारिक एक उडान भर्ने समाचारमा जनाइए पनि नेपालबाट भने कहिले उडान भर्ने केही जनाइएको छैन।

यसै बिच नेपाली राजदूताबास कुवेतले पनि नेपाल छुट्टी गएर फर्किन चाहने नेपाली घरेलु कामदारहरु फर्काउने बारे कुवेत सरकारबाट डिसेम्बर-७ पछी फर्काउने निर्णय भएको तर समय तालिका अझै पनि नआएको बताएको छ।तर नेपाल छुट्टी जाँदा दुताबासबाट पत्र बनाएर जाने वा कुवेत फर्किन इच्छुक घरेलु कामदारहरुले भने दुताबासमा बिभिन्न माध्यमबाट संपर्क गरी जानकारी मागी राखेका छन।दुताबासका कर्मचारी भन्छन”हामी अहिलेनै यही हो भनेर उत्तर दिन सक्ने अवस्थामा नभएकाले हामीले कुवेत सरकार तथा नेपाल सरकारको उडान तालिक पर्खिन भनी रहेका छौं।

फोटो साभार- आइमान मात


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...