Thursday 29th October 2026

गोरखामा छोराले ७० वर्षीय बाबुको हत्या गरे


तीतोपाटी – गोरखामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा उनैका छोरा ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ |


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...