Thursday 9th April 2026

कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या


तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन

भरतपुर महानगर पालिका१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन।

कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको उनी कार्यरत कम्पनी मृतकको परिवार संग समन्वय गरी कानुनी प्रकृयामा सहयोग गर्ने कुवेत स्थित नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले बाताए।

यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको

नेपाली घर बिदामा गएर आएको एक वर्ष मात्र भएको थियो। मृतक नेपालीको घरमा श्रीमान  एक छोरा, एक छोरी रहेका छन्


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...