Friday 14th November 2025

एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट


तितोपाटी-  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ ।

नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यववसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार पाँचौ चरणमा थप १४ जनालाई हवाई टिकट दिएको हो ।

१९ नोवेम्बरमा एक महिना भन्दा बढी एनसीसी कतारले खाना-बस्नको ब्यवस्थापन गरि बसेका माहोत्तरीकी उमा खड्का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी निरा दर्लामी स्वदेश फर्काइएको अध्यक्ष मुसलमानले बताए ।

यसैगरी लामो समयदेखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराइरहेका लमजुङका नारायण भण्डारी,काभ्रेका हरि सरन मिजार, इलामका केशव कुमार कार्की, नुवाकोटका गजेन तामाङ लाई हवाई टिकटको व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार  सिरहाका पुर्सोत्तम पासवान, ईलामका सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की, महोत्तरीका राज कुमार कपार, पर्बतका हरि बहादुर विश्वकर्मा तथा पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको हो ।

हालसम्म एनआरएनए कतारले ४४ जना पीडित नेपालीलाई हवाई टिकेट उपलब्ध गराइ स्वदेश पठाइसकेको जनाएको छ।

साभार खबरहब बाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...