Friday 14th November 2025

नेपाली दूतावास कुवेत भोली र पर्सी बन्द रहने


तितोपाटी- नेपालीहरुको महान चाड दीपावली र नेपाल सम्बतको अवसरमा कुवेतस्थित नेपाली दूतवास भोली र पर्सी बन्द रहने भएको छ।

दूतवासले गत १२ तारिकका दिन सूचना जारी गर्दै सो अवसरमा नोभेम्बर १५ र १६ तारिक दूतवास बन्द रहने जनाएको हो। त्यस्तै दूतवास १७ तारिक देखी पूर्णरूपमा खुल्ने छ।

साथै दूतावासले कुवेतस्थित कार्यरत सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई दीपावलीको शुभकामना व्यक्त गरेको छ।

दीपावली तथा छठ पर्वको को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने रहनुहुने सम्पुर्णमा हामी कोसेली समूहको तर्फबाट सुस्वास्थ्य, सुख,शान्ति समृद्धि र उत्तरोत्तर प्रगतीको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ । साथै कोभिड-१९ को यस महामारीमा सजग भई सुरक्षित तरिकाले चाड पर्व मनाउन पनि बिशेष अनुरोध गर्दछौ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...