Thursday 9th April 2026

कुवेतबाट सियोना श्रेष्ठलाई अर्थिक सहयोग


तितोपाटी- पोल्याण्डमा उपचाररत १३ महिने  बालिका सियोना श्रेष्ठको उपचारका लागि कुवेतबाट आर्थिक सहयोग गरेका छन्

स्पाईनल मस्कुलर एट्रोफी एसएमई नामको रोग लागेर यति खेर पोल्यान्डको वार्सामा सियोना उपचाररत छिन्

उनको उपचारको लागि २५ करोड लाग्ने अनुमान गरिएको छ। यति धेरै रकम उनको परिवारले खर्च गर्न नसक्ने मिडिया मार्फतसार्वजनिक भएपछि कुवेतस्थित नेपाली जनएकता सेवासमाज कुवेत बिशाल मानन्धरको संयुक्त अभियानमा संकल उक्त रकम ने. रु. ५१ हजार सय आर्थिक सहयोग गरेका छन।

१३ महिने सियोना श्रेष्ठको अहिले पोल्याण्डमा उपचार भइरहेको नेपालमा उपचार सम्भव नहुने उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छन।

बालिका सियोनको सहयोगको लागि संसारभरका नेपालीले सहयोग गरिरहेका बेला हामीले पनि केही सहयोग गरेको बिशाल मानन्धरले तितोपाटीलाई बताए।उक्त रकम सियोनाको नाममा रहेको बैंक खाता नम्बरमा जम्मा गरिएको छ।

लामो समयदेखी कुवेतमा कार्यरत मानन्धरले अस्पतालमा उपचार गराइरहेका बालिका सियोना श्रेष्ठको उपचारका लागि थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिएकाछन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...