Friday 14th November 2025

नेपालसहित ३४ देशबाट कामदारहरुलाई कुवेत आउन दिने तयारी


तितोपाटी- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले प्रतिबन्धित देश नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने भएको छ

कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो ।

यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको १७ नोभेम्बरदेखि २४ घण्टा नै खोल्ने तयारी थालेको छ ।

प्रतिबन्धित देशहरूबाट आएका यात्रुहरूले सबै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने तथा अनिवार्य संस्थागत होटल क्वारेन्टाइनमा बस्नु पर्ने जनाइएको छ ।

होटेलमा क्वारेन्टाइनमा बसेको सातौं दिनमा पीसीआर परीक्षण गर्नु पर्नेछ रिपोर्ट नेगेटिभ आएको खण्डमा काममा फर्किन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यदि रिपोर्ट पोजेटिभ आए क्वारेन्टाइनको अवधि थपिने जनाइएको छ ।

अन्य स्वास्थ्य आवश्यकताहरूको लागि अतिरिक्त यात्रुहरुले क्वारेन्टाइनमा बस्न ७ दिनको लागि होटल बुकिङ्ग गर्नुपर्नेछ तर क्वारेन्टाइन स्थानहरूमा यातायातको साधन र कसैलाई एयरपोर्टमा यात्रु लिन जान अनुमति नदिने अरब टाइम्सले जनाएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...