Tuesday 3rd February 2026

कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने-कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।उनिहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन भने दुर्घटनामा अर्का एक बिदेशी नागरिक पनि परेका छन।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने”सिजिजिसी कम्पनीको स्टाफ बसलाई बिपरित दिशाबाट आएको अर्को सबारी साधनले ठक्कर दिदा उक्त सडक दुर्घटना भएको हो।घटनामा जाजरकोटका दिपक सिंह ठकुरिको ४ नोभेम्बर बुधबारकै दिन र पल बहादुर पुनको ५ नोभेम्बर बिहिबारको दिन उपचारको क्रममा मृत्यु भएको हामीलाई जानकारी प्राप्त भएको छ।” सिलवालले थपे” अर्का एक बिदेशी नागरिक पनि दुर्घटनामा परेका छन।उनिहरुको कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दुताबास लाग्ने छ।”


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...