Sunday 18th October 2026

कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुग्यो


बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

 

टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् । आरोहणको व्यवस्थापन मिलाएको हिमालयन गाइडस नेपालका प्रवन्ध निर्देशक पौडेलले भने, ‘अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको छ । यदि मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकाएर काठमाडौं फर्किने छ ।’

सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो ।अहिले हिमाल आरोहणको सिजन हो ।

-अनलाईन खबरबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...