Tuesday 17th March 2026

खोटाङमा ३ जनाको मृत्यु र ४ जना घाइते हुने गरि ट्याक्सी दुर्घटना


तीतोपाटी – खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे २ मिटर तल खसेको हो।

विदेशबाट आएका आफन्तलाई भेट्न उनीहरू ट्याक्सी रिजर्भ गरी खोटाङ जान लागेका थिए। दुर्घटनामा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो।

बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयले उनीहरूको उद्धार गरी अस्पताल पठाएका थिए। अहिले उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्याक्सी चालक फरार भएका छन्। उनलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको खबर आए पनि पुष्टि नभएको खोटाङ प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...