Wednesday 28th January 2026

प्रम सचिवालयका प्रमुख सल्लाहकारसहित ५ जनालाई कोरोना संक्रमण


तितोपाटी- प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
आफूलाई संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिँदै प्रमुख सल्लाहकार रिमालले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेसबुकमा पोस्ट  गर्दै शुक्रबार गरिएको पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई संक्रमण भएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...