Wednesday 28th January 2026

एकै दिन थपिए २ हजार ७२२ कोरोना संक्रमित


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ८२ हजार नाघेको छ । आजसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ छन् भने होम आइसोलेसनमा ११ हजार ७ सय ६० जना छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३ सय ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...