चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि संचालनमा आउने भएको छ । कोरोनाको कहरका कारण गत बैशाखबाट बन्द भएको शो असोजको तेस्रोसाताबाट प्रसारमा ल्याउने तयारी भएको छ ।हाँस्य श्रृंखला ‘जिरे खुर्सानी’बाट ‘मुन्द्रे उपनाबाट परिचित जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारका लागि अहिले छायाँकन तयारी गरिरहेको छन् । ‘शोको शनिबार र आइतबार छायाँकन गर्ने तयारी गरिरहेको छु,’ जीतुले भने, ‘छायाँकन सफल भए तेस्रो साताको सोमबारबाट प्रसारमा आउनेछ ।’ केही नयाँ शैलीमा अवको यो ल्याउने आफ्नो योजना रहेको उनले सुनाए ।हुन त जीतुले आजै सामाजिक संजलामा मार्फत एक स्टाटस पोष्ट गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ पुनः ल्याउन लागेको समेत लेखेको थिए । जसलाई दर्शकको सकारात्मक प्रतिक्रिया समेत मिलिरहेको छ ।
सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ छायाँकन हुने बताएका जीतुले भने, ‘पुरै नयाँ सेटमा, केही नयाँ कलाकारसहित नेपाल सरकारले ? तोकेको मापदण्ड पूरा गरि, सम्पूर्ण स्वास्थ सुरक्षाको नियम पालना गर्दै, सावधानीका साथ हजुरहरुलाई मनोरञ्जन दिन ‘मुन्द्रेको कमेडी क्लब’ छायांकन गर्ने तयारी गर्दैछौँ । अवश्य पनि अबका कार्यक्रम केही फरक लाग्ने छ भन्नेमा विश्वास छ ।’
-रातोपाटीबाट