Thursday 1st January 2026

तामाङ समाज पोर्चुगलद्धारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग


तितोपाटी- तामाङ समाज पोर्चुगलले सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग पठाएको छ । समाजले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट रु. एक लाख त्रिपन्न हजार २६० सय साठी संकलन गरी पीडितसमक्ष पठाएको हो ।

जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी मा गत श्रावण ३० गते अविरल बर्षाका कारण पहिरो गएको थियो । पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । ‘यस्तो प्राकृतिक विपद्का बेला पीडित परिवारलाई सहयोग पूर्याउने उद्धेश्यले रकम संकलन गरिएको हो। समाजका अध्यक्ष मिङमार लामाले भने, ‘सानो रकम भएपनि पीडितलाई राहत पुग्ने हाम्रो विश्वास छ ।’

अध्यक्ष लामाका अनुसार संकलित रकम हेलम्बु गाउँपालिका वडा नं ५ का वडा सदस्य फुर्पा लामामार्फत जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङलाई हस्तान्तरण गरिएको छ । उनले अभियानमा साथ दिने सबै सहयोगी मनहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले प्रवासमा रहेपनि जन्मभूमिमा परेका समस्यालाई समाधान गर्नु सबैको दायित्व रहेको बताएका छन।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...