Saturday 10th October 2026

जापानकी ओसाकाले जितिन् युएस ओपन च्याम्पियन


तितोपाटी – टेनिसमा चाैथो वरीयताकी जापानकी नाओमी ओसाकाले आइतबार विहान सकिएको खेलमा यूएस ओपन जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उनले फाइनलमा बेलारुसकी भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् । युएस ओपन ग्राउण्ड्सलाममा महिलातर्फको खेलमा ओसाकाले दोश्रो पटक युएस ओपन जितेकी हुन् ।

चौथो वरीयताकी ओसाकाले गैर वरीयता प्राप्त आफ्ना प्रतिद्वन्द्वी जित निकाल्न दर्शकविहीन आर्थर ऐस स्टेडियममा १ घण्टा ५३ मिनेट खर्चेकी थिइन् । यससँगै २२ वर्षीया ओसाकाले जितेको ग्रान्ड स्लाम उपाधि तीन पुगेको छ ।

खेलको पहिलो सेटमा अजरेन्काले ६-१ ले ओसाकालाई हराएकी थिइन् तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन्। उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन्। तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६-३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन्।

यसअघि सन् २०१८ मा पनि यूएस ओपन जितेकी ओसाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन पनि हात पारेकी थिइन् ।

ओसाकाले त्यही स्थितिबाट खेलमा पुनर्आगमन रचिन् र ११ गेममध्ये १० मा जित निकालिन् ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...