Sunday 18th January 2026

कुवेतको महाबुल्लाबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपाली पक्राउ, देश निकाला गरिने


हरि कृष्ण न्यौपाने – कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा अपार्टमेन्ट भाडामा लिएर मदिरा उत्पादन केन्द्र संचालन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य विवरण भने खुलाईएको छैन ।

समाचारमा भनिएको छ “अबैधानिक काम गरिरहेको सुचनाका आधारमा कुवेत प्रहरिले  घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको हो । घरेलु मदिरा उत्पादन केन्द्रबाट मदिरा उत्पादनमा प्रयोग गरिने  उपकरणहरु र ठूलो संख्यामा तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ । उनीहरुलाई कानुनी प्रकृया पूरा गरि डिपोर्टेशन सेन्टरमा पठाइने र  देश निकाला (डिपोर्ट) गरिने छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...